आर्य भन्ज्याङ काटेर’ बजारमा

पोखरा, । माया मीठो बटौलीको, पानी जोरधाराको
क्यारी भेटौँ कान्छी तिम्लाई, पाइ प¥यो टाढाको
आर्य भन्ज्याङ काटेर, मै आको आँटेर,
घर बालाई ढाँटेर, आर्य भन्ज्याङ काटेर । ”

पोखरा र आसपासका क्षेत्रमा प्रचलित मौलिक रोइला ख्याली भाकाको नयाँ गीत ‘आर्य भन्ज्याङ काटेर’ बजारमा आएको छ । लोकदोहोरी गायक कृष्ण देवकोटाको शब्द एवम् लयमा रहेको उक्त गीतले पश्चिमेली संस्कृतिको जीवन्त चित्रण गरेको छ ।

लोकदोहोरी गायक देवकोटाले रोइला भाका पश्चिम क्षेत्रको प्राचीन मौलिक भाका रहेको बताउँदै यस्ता मौलिकतामा आधारित गीत–सङ्गीतको जगेर्ना गर्नु वर्तमानको आवश्यकता भएको बताए ।

प्राचीन मौलिकताले युक्त भाकाहरू स्थानीय परिवेश तथा संस्कृतिसमेतको जीवन्त चित्रण गर्ने खालका छन् । उनले  लोकसंस्कृतिको जगेर्ना गर्नु यस क्षेत्रमा लागेका कलाकारका साथै राज्यको पनि उत्तिकै दायित्व छ ।

देवकोटाका ‘बटौलीमा झरौँला’, ‘रामदी झरेर’, ‘यो मायाको संसार विचित्र’, ‘म त लाहुरे गोर्खा पल्टनको’, ‘रेशम रुमालमा’ लगायतका दर्जनौँ एल्बम यसअघि नै बजारमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...