सौराहाको पर्यटन विकासका लागि जनप्रतिनिधिको प्रतिबद्धता

Chitawan tourist

चितवन । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् ।

सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले सौराहाको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

रत्ननगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नारायण वनले पहाडी क्षेत्रमा लुकाको पर्यटकीय क्षेत्र सिंराइचुली, उपरदाङगढी, शक्तिखोरलगायत क्षेत्रसँग सौराहाको पर्यटन जोड्नुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख विमला दवाडीले सौराहाको पहिचानलाई जोगाउँदै विकासमा आफू सक्रिय भएर लाग्ने प्रतिक्रिया दिए ।

चितवनको सौराहामा हाल ११० भन्दा बढी सुविधायुक्त होटल छन् भने ६० भन्दा बढी रेस्टुरेन्ट छन् । दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।

रत्ननगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित अध्यक्ष बलराम दाहालले सौराहा आफैँमा विश्वकै परिचित पर्यटकीय नगरी भएकाले पहिचानलाई उच्च राख्दै पूर्वाधार विकासमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...