पाण्डेले सारिकालाई भने ‘आइलभ यु’

Sarika ghimire

काठमाडौं । दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त बन्न थालेकी छन् ।

हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेकै हुन्छन् । यो हप्ता पनि उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो भिडियोमा गायक तारावीर पाण्डेले उनलाई ‘कान्छि कान्छि कान्छि आइलभ यु’ भनेका छन् । गायक तथा संगीतकार तारावीर पाण्डेको स्वर रहेको गीत ‘कान्छी आई लभ यु’ मा नायिका गीतमार्फत आइ लभ यु भनेका हुन् ।

म्युजिक भिडियोमा पियुस शम्शेर कुवँरले सारिकासँग अभिनय गरेका छन् भने जनकराज अधिकारीले छायांकन गरेका छन् । भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन् भने टंक बुढाथोकीको ऐरेञ्ज र जीवन कटुवालको कोरियोग्राफी रहेको छ ।

गीत युटुयव मार्फत सार्वजनिक भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...