धनकुटाको लुम्फाजुङमा पहिरो खस्दा भेडेटार-डाँडाबजार सडक खण्ड फेरि अवरुद्ध

Vedetar rabi sadak

धनकुटा । सोमबार दिँउसो खुलेको भेडेटार रवि राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठूलो पहिरोले भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार-डाँडाबजार सडक अवरुद्ध भएको हो । जसका कारण बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन ।

शुक्रबार राती परेको भारी वर्षाले भेडेटार-रवि-राँके सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका ५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार विहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर हिजो दिउँसो साँढे ३ बजेपछि सो सडकखण्ड सञ्चालनमा आएको थियो ।

सो सडक खण्ड सञ्चालमा आए लगत्तै गए राती लुम्फाजुङमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

‘भेडेटार-रवि-राँके सडक अन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठुलो पहिरो झरेर आज दिनभर सफा गर्न समय लाग्ने भएकाले डाँडाबजार-बुढिमोरङ मुलघाटको सडक प्रयोग गर्नुहुन सबैमा जानकारी गराईन्छ’ अध्यक्ष रुम्दालीले सामाजिक सञ्जालमार्फत वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।

ठूलो पहिरो खसेको कारण वाटो खुल्न दिनभरि समय लाग्ने उहाँले बताउनुभयो । भेडेटार–रवि–राँके सडक खण्ड निर्माणाधिन अवस्थामा छ । भेडेटार–डाँडाबजारको दुरी करिव १२ किलोमिटर रहेको छ ।

सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तिकै पहिरो खस्ने र वाटो अवरुद्ध हुने गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तमोर करिडोर अन्तर्गत धनकुटाको भगुवा खोलामा ट्याङकर दुुर्घटना हुँदा चालक घाइते

Tyankar accident

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ भगुवा खोलामा पानी बोक्ने खाली ट्याङकर दुुर्घट...