महालक्ष्मी -५ मा एमालेको वडा अधिवेसन सम्पन्न

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ५ को दोस्रो वडा अधिबेशन सम्पन्न भएको छ । सा अधिवेसनबाट सर्वसम्मत नयाँ वडा कमिटी पनि चयन भएको छ ।
सो वडा अधिवेसनबाट अध्यक्ष डिकबहादुर पुरी, उपाध्यक्ष वंशीप्रसाद भण्डारी, सचिव घगेन्द्र राई, उपसचिवद्धयमा यानबहादुर बिक र पवित्रा माझी चयन हुनुभएको छ ।
सो वडा अधिवेसन उद्घाटन कार्यक्रममा नेकपा एमाले धनकुटाका सचिव पर्शुराम नेपाल, नेकपा एमाले महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्की लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस