बाढीले धनकुटाको फेदिमा बगायो ३० मिटर सडक, यातयात बन्द
धनकुटा । गएरातीदेखि धनकुटामा भएको भिषण वर्षाले कोशी राजमार्ग बगाएको छ ।
गए राती परेको अविरत वर्षले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लेउती खोलाले फेदीमा रहेको कोशी राजमार्गको सडक झण्डै ३० मिटर बगाएको छ । बाढीले सो सडक बगाएसँगै कोशी रराजमार्ग पूरै अवरुद्ध भएको छ ।
बाढीले सडक बगाएपछि यातयात बन्द भएको छ । सडक बगाएपछि कोशी पहाडी जिल्लामा यातयातका साधान अवरुद्ध भएको छ । थप विवरण आउन बाँकी छ ।
केही वर्षअघि पनि सोही सडक खण्ड खोलाले बगाएको थियो ।
प्रतिकृया दिनुहोस