धनकुटामा चियासँगै कविता कार्यक्रम शुरु

Chiya sangai kabita

धनकुटा । धनकुटामा रहेका साहित्यकर्मीहरुले चियासँगै कविता कार्यक्रम शुरु गरेका छन् । धनकुटामा साहित्य गतिविधि सुस्ताउन थालेको निष्कर्ष निकाल्दै शुक्रबारदेखि धनकुटामा चियासँगै कविता कार्यक्रम शुरु गरेका हुन् ।

शुक्रबार धनकुटामा भएको पहिलो कार्यक्रममा एक दर्जन कविहरुले आआफ्ना कविता वाचन गरेका थिए । सो कार्यक्रममा कविहरु रमेशचन्द्र अधिकारी, धनश्याम बराल औलाली, निर्मला कुँवर, गोपाल बराइली, भीम राई, बद्री अधिकारी लगायतले कवितामार्फत चियासँगै कविता कार्यक्रमको थालनी गरे ।

अनौपचारिक रुपमै भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार महासंघका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतले चियासँग कविता कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । अबदेखि प्रत्येक शुक्रबार दिँउसो ३ बजे चियासँग कविता कार्यक्रम हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...