‘मिस युनिभर्स नेपाल’को ताज सम्पदा घिमिरेलाई (तस्वीरसहित)

Miss univers sampada

काठमाडौं । २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले सम्पदा घिमिरेले मिस युनिभर्सको ताज पहिरिएकी छन् । नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्‍याएकी हुन् ।

अब सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए ।

अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन् । ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले बताएकी छन् । उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन् ।

फिनालेका लागि जुरीमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, पूर्व मिस युनिभर्स सोफिया भुजेल, पुर्व मिस नेपाल इसानी श्रेष्ट, गोल्डस्टारका कार्यकारी निर्देशक विदुशी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल, समीक्षा शारदा संघाइ र नेतृ डिना उपाध्याय रहेका थिए ।

पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले फिनाले होस्ट गरेका थिए । विजेताले नोभेम्बरमा मेसिक्कोमा हुने मिस युनिभर्समा नेपालबाट प्रतिनिधित्व गर्नेछिन् । जहाँ सय देशहरुले प्रतिपर्धा गर्नेछन् ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnull

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...