रास्वपाले हटायो मुकुललाई, ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

ढकाल भन्छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,। घण्टी बज्न रोकिँदैन’

Mukul dhakal

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

एक हप्ताअघि नै निलम्बनमा परेका ढकाललाई पार्टीको विधानअनुसारको प्रक्रिया पूरा गर्दै मंगलबार महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य समेतको जिम्मेवारीबाट हटाएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनीमाथि थप कारबाही सिफारिस गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।


केन्द्रीय समितिको आजको बैठकमा सो सिफारिसमाथि छलफल हुँदा अधिकांश केन्द्रीय सदस्यहरुले साधारण सदस्यता कायम राख्नुपर्ने धारणा राखेका थिए । सदस्यहरुको सोही सुझावका आधारमा ढकालको साधारण सदस्यता कायम राख्दै अन्य सबै जिम्मेवारीबाट हटाउने निर्णय भएको नेता सोबिता गौतमले जानकारी दिइन् ।

कारबाहीमा परेपछि ढकालले सोमबार फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...