मुकुल ढकालको प्रतिवेदन भन्छ, पार्टी सभापति रवि लामिछानेको शैलीले पार्टीलाई क्षति पुग्दैछ (पूर्ण प्रतिवेदनसहित)

Mukul pratibedan

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पेश गरेको समिक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ । पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् ।

रास्वपा संकटमा रहेको उल्लेख गर्दै ढकालले पार्टी सुधारको सुरुवात सभापति रवि लामिछानेबाट गर्नुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमा प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउनुपर्ने, २०८४ को चुनावअघि बालेन शाहसँग सहकार्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गरेका छन् । सरकारमा सहभागी हुँदा सभापति नै किन जानुपरेको भनी शुभेच्छुकहरूले प्रश्न गरेको ढकालले प्रतिवेदनमा लेखेका छन् । ‘सभापति आफैं गृहमन्त्री भएर किन गएको रु सीके राउतजस्तो ब्याकमा किन नबसेको रु,’ ढकालले प्रतिवेदनमा लेखेका छन्, ‘जीबी राई कहिले समातिन्छन् रु समात्न सकिदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’

गृहमन्त्रीको सचिवलायमा ग्यालेक्सी टेलिभिजनमा सँगै काम गरेकाहरू धेरै भएको पनि ढकालले प्रश्न उठाएका छन् । ‘सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?’ प्रतिवेदनमा लेखिएको छ, ‘सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ । सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् ।’

प्रतिवेदनको पूर्णपाठ


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...