चौविसेको फलामेटारमा अस्थायी प्रहरी चौकी स्थापना

Chauki udghatan

धनकुटा । धनकुटाको अति दुर्गम भनिएएको चौविसे गाउँपालिकाको फलामेटारमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

सो अस्थायी चौकीको चौविसे गाउँपालिका वडा नं. ४ फलामेटारमा आज गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रुपमा उदघाटन गरे ।

तमोर करिडोरमा पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि असुरक्षा पनि बढ्दै गएको छ । स्थानीयले पटकपटक सो क्षेत्रमा प्रहरी चौकी पनि राख्नुपर्ने माग गर्दै आएका थिए । हाल तमोर करिडोरको सडकमा दैनिक ६ सयको हाराहारीमा सवारी साधन गुड्छन् भने झण्डै एक हजार ८ सय यात्रुहरु आवातजावात गर्छन् ।

हालको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सो करिडोरमार्फत कुनै अपराधिक गतिविधि नहोस् भनेर फलामेटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले बताए । उनले पाँचथर, तेह्रथुम र धनकुटाको सीमाना पनि भएको र सो क्षेत्रमा हुने सम्भावित अपराधिक घटना रोक्न अस्थायी प्रहरी चौकी राखिएको बताए । सो चौकीमा हाल ५ जना खटाइएको छ ।

गत माघमा धनकुटाका प्मुख जिल्ला अधिकारी पौडेलसहितको टोली तमोर करिडोरको अनुगमनमा गएको थियो । सोबेला समेत स्थानीयले प्रहरी चौकी राख्न माग गरेका थिए । सो लगत्तै केन्द्रमा पहल गर्दा सम्भव भएको प्रजिअ पौडेलले बताए । सो स्थानमा स्थानीय हेमचन्द्र विश्वकर्माले अस्थायी प्रहरी चौकीको अस्थायी भवन बनाउन जग्गा प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...