कांग्रेस निकट प्रदेश प्रमुख पदमुक्त, एमाले निकट सिफारीस

Cabinet miting

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।

मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेको छ । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अस्मिता पौडेल भन्छिन्, ‘सँगै मर्न पहिला विष खाएको थिएँ, पेट पोल्न थालेपछि छोरीहरुलाई खुवाँए’

Xori hatya prakaran

विराटनगर । दुई जना छोरीको हत्या गरी फरार भएकी मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले श्र...