पाहुना टोलीमाथि नेपालको नाटकीय जित, दोस्रो खेल शनिबार हुने

Nepali criket teem

काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा क्यानडा पराजित भएको छ । नाटकीय जित निकाल्ने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

कप्तान पौडेलको घातक बलिङमा घरेलु मैदानमा सुरु तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । सरिजको दोस्रो खेलमा नेपालले शनिबार खेल्नेछ ।

नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७।५ ओभरमा २ सय १७ रनमा अलआउट भयो । क्यानडाका चार ब्याटर बाहेक अनयले दोहोरो अंकको स्कोर छुन सकेनन् । क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए । ९९ बलमा ७ चौका हानेका निकोलस पवन सर्राफको बलमा बोल्ड आउट भए ।

तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङस् बढाएका थिए । टोलीका कप्तान रोहित पौडेलले ५८ बलमा ९ चौका हान्दै ५० रन बनाएका पारगत सिंहलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए ।

४३ बलमा ३ चौका हानेका हर्ष ठाकरे ३२ रन बनाउँदा कुशल मल्लको हातबाट बोल्ड आउट भए । ओपनर आरोन जोनसन २० रन बनाउँदा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे । नवनित डालिवाल ६ रनको रिजन ढकालको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए । रिजनले डेब्यु विकेट लिएका हुन् ।

यास मोभ्भा १ रन बनाउँदा रोहित पौडेलको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए । क्यानडा विरुद्धको खेलबाट तिव्र गतिका बलर ढकाल र स्पिनर सुर्य तामाङले डेब्यु गरे ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट झारे । ८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो ।

पहिलो विकेटका लागि ओपनर कुशल र आशिफ शेखले १ ओभरमा ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए ।

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्धतमा अर्धशक पूरा गरेका थिए । तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल विशाल योगफल बनाउनबाट चुक्यो । आरिफ शेखले ३८ रन थपे। ५० बलमा ४ चौका हानेका उदय भगवानको बलमा बोल्ड आउट भए ।

३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। भिम सार्की १७ रनमा एलबीडब्लु धरापमा परे । सोमपाल कामी २७ रन बनाउँदा क्याच आउट भए । २३ बलमा १ छक्का र २ चौका हानेका सोमपाल उदय भगवानको बलमा क्याच आउट हुन पुगे ।

राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ १५ रन बनाउँदै एलबीडब्लु धरापमा परे । घरेलु प्रतियोगिता उच्च प्रर्दशन गर्दै आएका पवन राष्ट्रिय टोलीमा भने खासै जम्न सकेका छैनन् ।

आशिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन बनाउँदै पेभेलियन फर्के । सुर्य तामाङ १० रनमा नटआउट रहे। रिजन ढकाल ४ र ललित रावंशी १ रनमा आउट भए । क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । साख विन जफर र इश्वरजत सोहीले समान २ विकेट दिए । साहिद अमजाइ र हर्स डाकेरले समान १ विकेट लिए ।

प्रतिकृया दिनुहोस