बागमती प्रदेशमा सत्ता गठबन्धनका चारै जना उम्मेद्वार निर्वाचित

Bagmati leader

हेटौडा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।

अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गतारअल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाएर निर्वाचित भएका निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका(४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २३७ जना मतदातामध्ये २३४ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना मतदाता अनुपस्थित थिए ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए । नेकपा एमालेबाट विवेक देवकोटा, महिला क्लस्टरमा रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा ध्रुव विश्वकर्मा र अपाङ्ग क्लस्टरमा त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए ।

राप्रपाबाट अन्य क्लस्टरमा हेमजंग गुरुङ, महिला क्लस्टरमा बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा भरतमणि भट्ट उम्मेदवार थिए । नेपाल मजुदर किसान पार्टीबाट अन्य क्लस्टरमा श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा संगीता नेपाली उम्मेदवार थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...