अनुपम फुडल्याण्डमा शेखर-गगन समूहको भेला, यस्ता छन् एजेण्डा

Gaga.shekhar samuha miing

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी हिजो मंगलबारलाई भेला बोलाएको भन्दै महामन्त्री गगन थापाले आफू सहभागी नहुने जनाएपछि मिति परिवर्तन गरेर आजलाई भेला सारिएको थियो ।

यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् । यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस