नेपाल तान्जानियासँग २७ रनले पराजित, नेपालले बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्ने

Nepali woman cricket team

काठमाडौं । नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ । हङकङमा सुरु भएको चार देशीय महिला टी -ट्वान्टीआई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।

नेपालको सुरुवात नै राम्रो भएन । नेपालका ओपनर तथ शीर्ष क्रममा ब्याटर क्रिजमा टिक्न नसक्दा नेपालले ११६ रनको सामान्य लक्ष्य पनि भेटन् नसकेको हो । ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन् ।

अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन् । चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् । त्यसपछि रुबिना क्षेत्री एक बल पनि फेस गर्न नपाउँदै रन आउट भइन् ।

अनुभवी ब्याटर सीता राना मगरले बर्मासँग १७ रनको साझेदारी गरिन् । बर्मा व्यक्तिगत १५ रनमा आउट भइन् । सीता नवौं विकेटका रुपमा टिकको स्कोर ८७ रन हुँदा क्याच आउट भइन् । यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

तान्जानियाकी हुद्दा ओमरीले २५ तथा आइशा मोहमतले २१ रन बनाइन् । बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए ।

प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ । हङकङमा सुरु टी २० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् । समूहका शीर्ष २ टोलीले उपाधिका लागि आइतबार आमनेसामने हुनेछन् । सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतिकृया दिनुहोस