क्रिेकेटमा नेपाललाई अर्काे सफलता : यूएईलाई हराउँदै विश्वकपका लागि नेपाल छनोट

Cricket nepal

काठमाडौं । १० वर्षपछि नेपाल ट्वान्टी -२० विश्वकपमा छनोट भएको छ । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी -२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।

नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी -२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । ट्वान्टी -२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी -२० विश्वकपमा छनोट हुन असफल भएको थियो । त्यो बेला यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल भुर्तेल २ चौका प्रहार गरी ८ बलमा ११ रन बनाइ आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।

कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४।१ ओभरमै पुरा गरेको थियो ।

नेपालले दशकपछि ट्वान्टी -२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् ।

मूलपानी क्रिकेट मैदानमा यसअघि यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४–९ को स्कोरमा रोकियो । चोटका वावजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

विश्वकपमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...