टी -२० विश्वकप छनोट : नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

दर्शकले मनाए खुसियाली

Ciket tu groun

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

यो सुखद अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकले खुसियाली मनाएका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज थियो । उनीहरूले खेल सुरु भएसँग नेपाली टोलीलाई साथ दिएका थिए । नेपालको पहिलो जितसँगै विश्कप छनोट यात्रा सहज बनेको भन्दै दर्शकहरूले हुटिङसमेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...