क्रिकेटमा नेपाललाई अर्काे सफलता, नेपालद्वारा युएई ७ विकेटले पराजित

Kriket nepal

काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी (२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गरे । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

कप्तान पौडेल ५१ र ऐरि ३४ रनमा नटआउट रहे। ४० बलको सामना गरेका कप्तान पौडेलले ५ चौका हाने । ऐरीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल निलान्स केस्वानीको बलमा १४ रनमा अलि नसिरको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ११ रन बनाउँदा नसिरले नै रन आउट गराए । आशिफ शेख २३ रनमा क्याच आउट भए । २७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नसिर कै बलमा मोहम्मद वसिरको हातबाट क्याच आउट भए ।

त्यसअघि माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो । युएईविरुद्ध नेपालका करण केसी एक्लैले ३ विकेट लिए। करणले आफ्नो स्पेलमा ३ विकेट लिँदा १९ रन खर्चे ।

गुलसन झाले दुई तथा सोमपाल कामी र अविनास बोहोराले समान १ विकेट दिए । युएईका लागि बसिल अहमदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्का हाने । अलि नसिरले ३२ रन थपे। कप्तान मोहम्मद वसिमले १७ तथा आशिफ खानले १५ रन बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...