लाओसको घरेलु मैदानमै लाओस पराजित, नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

Laos nepal

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो चरणमा नेपालले लाओसविरुद्ध जित निकालेको छ । यो सँगै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाली टोली मंगलबार खेलिएको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । नेपाल समग्रमा २—१ गोलको अन्तरमा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो ।

नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गरे । उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् । नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको ५३औँ मिनेटमा अग्रता लिएको थियो । त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो ।

यो खेलमा जित निकालेसँगै नेपालले समूह एचमा स्थानमा बनाएको छ । समूह एचमा युएइ, बहराइन छन् । उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबीचको विजेता रहनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...