कोशीमा एमालेको इन्ट्री, मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Koshi sapath

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले नियुक्त गरेका हुन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए । लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन् । एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । उनीहरू दुवैले ४७–४७ जना सांसदको हस्ताक्षरसहित बिहीबार मुख्यमन्त्री दाबी गरेका थिए ।

सो दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुखले सनाखतका लागि प्रदेश सभा सदस्यहरूलाई सशरीर उपस्थित गराएर सनाखत गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रालको मुल्य १७१ रुपैयाँ पर्ने

Petrol pump

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री बनेकै दिन नेपाल आयल निगमले इन्धनको म...