कार्कीको पक्षमा कोशीका ४७ जना सांसद पुगे प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय

Koshi pradesh pramukha office

विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा सकिएको छ । देश प्रमुखले मुख्यमन्त्री दाबीका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि समय तोकेका थिए ।

बिहीबार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले आफूसँग बहुमत रहेको दाबी गरेका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए । दुवैको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।

प्रष्ट बहुमत कार्कीका पक्षमा देखिएकाले कार्कीलाई नै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना बढी छ । कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन छ ।

प्रतिकृया दिनुहोस