कोशी प्रदेशमा गठबन्धनबाटै मुख्यमन्त्रीमा २ जनाको दावी, आङ्बो र कार्कीले बुझाए ४७/४७ जनाको हस्ताक्षर

Indra aanbo

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।

बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

आङ्बोले ५ बजेतिर प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरे । उनले ४७ सांसदको हस्ताक्षर बुझाए । त्यसको आधा घण्टापछि शेखर कोइराला पक्षका केदार कार्कीले कांग्रेसकै ८ सांसद र एमालेका ३९ सांसदसहित ४७ जनाकै हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी गरे ।

आङ्बोले पेस गरेका ८ जनाको नाम कार्कीले पेस गरेको सूचीमा पनि छ । उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर लगेका छन् । आङ्बोले बुझाएको सांसदहरूको हस्ताक्षरको सूचीमा मुख्यमन्त्रीका अर्का दाबेदार केदार कार्कीको नाम पनि समावेश छ । आङ्बो र कार्की दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पेस गरेर मुख्यमन्त्री आफूलाई बनाउनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस