भारतसँग १० विकेटको पराजयसँगै एसिया कपबाट बाहिरियो नेपाल

Asian cup cricket nepal vs india

काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

जितसँगै भारत समूह ए बाट सुपर -४ मा प्रवेश गरेको छ । नेपाल बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने सोमबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै समूह ए बाट सुपर -४ मा प्रवेश गरिसकेको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो । सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

कुशल र आसिफले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको सुरुवातका मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।

आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । मोहम्मद सिराजको बलमा टप एज लागेपछि विराट कोहलीले एक हाते क्याच लिई उनलाई पेभेलियन फर्काएका थिए । कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए ।कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । अफस्टम्पबाहिर गएको शार्दुल ठाकुरको बलमा छुन खोज्दा विकेट किपरलाई क्याच दिन पुगेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिरको रोड छेउपारि कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।

भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे । कुशल मल्लले पुनः एक पटक निराश बनाए । जडेजाको बलमा उनले २ रनमा मिड अनमा सजिलो क्याच दिए ।गुल्शन झाले ३५ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए ।

दीपेन्द्रले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे । सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २ रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए । भारतबाट जडेजा र सिराजले ३–३ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...