मधेशमा छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन, मधेश सरकारमा बल्ल जनमतको प्रवेश

Madhe sarkar thap

जनकपुरधाम। मधेश प्रदेशका मुख्‍यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्‍यमन्त्रीले सोमबार छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टी बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएका छन् । उनीहरूले राजीनामा दिएपछि अब पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमले पाएका छन् भने श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले सम्हाल्ने भएका छन् । सोमबार नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...