आजदेखि मलमास अर्थात् पुरुषोत्तममास, एक महिनामै २ पटक औंशी

Malmas logo

काठमाडौं । मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ । पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन् ।

चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ । दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो । अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ ।

‘संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो’, अधिकारी भन्छन्, ‘एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ ।’ यो पटक साउन २ र ३१ गते औँसी परेको छ । एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो ।

वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँसी वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ ।

चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ । चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ । यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ । सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ । सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...