इटहरी रामग्रामको कचना महादेव ग्रामथान मन्दिरमा भक्तजनको भीड

Shiba mandir itahari

इटहरी । आज साउन महिनाको पहिलो सोमबार, देशभरीका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । सोही क्रममा इटहरी -४ रामग्राममा रहेका कचना महादेव ग्रामथान मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ ।

कचना महादेव ग्रामथान मन्दिर स्थानीयले निर्माण गरेका थिए । तर सो मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भने वुद्ध धर्म मान्ने रोशन तामाङ छन् । तामाङकै अगुवाईमा सा मन्दिर व्यवस्थित बनेको छ । यहाँ हरेका चापर्वहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । आज पनि बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

सो स्थानमा मन्दिर निर्माण भएपछि सबै जातिले पुजाआजा गर्ने गरेका छन् । साउने संक्रान्तीकै दिन सोमबार परेकाले यो महिनाभर सो मन्दिरमा भक्तजना आउने विश्वास तामाङले लिएका छन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...