राजीनामा माग्ने सांसदहरुलाई प्रचण्डले भने, प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो र ?

Prachanda 25

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष नेकपा एमालेसहितका दलहरुले राजीनामा मागेकोमा आक्रोसित बनेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले राजीनामा माग्दैमा राजीनामा दिन जरुरी नभएको जिकिर पनि गरे ।

प्रचण्डले राजीनामा माग्नुको कारण आफूले नबुझेको पनि बताए । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले माग्दैमा राजीनामा दिनुनपर्ने स्पष्टीकरण दिएका छन् । उनले गत असार १८ गते एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन एक व्यापारीले सक्रिय भूमिका खेलेको बताएका थिए ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
‘प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो ? यही हो लोकतान्त्रिक विधिरु प्रतिपक्षीले प्रश्न उठाउँदैमा प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका नदिने हो ?’ उनले प्रश्न गरे । उनले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको चिन्ता व्यक्त गरे ।

उनले पुस्तक विमोचनको सन्दर्भमा आफूले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए । प्रधानमन्त्रीले भने,ुपुस्तक विमोचनको सन्दर्भमा मैले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए । ‘‘त्यसको जवाफ दिनका लागि समय माग गरेको थिएँ । सभामुख र राजनीतिक दलबीच छलफल समेत गरेको थिएँ, उनले भने, ‘स्पष्ट पार्नका लागि सुरूदेखि नै पर्खेर बसेको थिए। मलाई थाहा छैन किन संसद अवरोध गरियो ।’

असार १८ गते एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना सुरु भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमाले रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै संसदन अवरोध गर्दै आएका छन् ।

प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रितम सिंहसँग पारिवारिक सम्बन्ध भएकाले भावनात्मक रुपमा उनको परिचय दिँदा केही त्रुटी भएको बताए । ‘प्रितम सिंहसँगको सम्बन्ध विस्तारै पारिवारिक बन्दै गएको थियो । छोरीको उपचारको क्रममा उहाँले मेरो आफ्नै घर छ दिल्लीमा भनेपछि प्रकाश दाहालले प्रितम सिंहको आफन्तसँग घनिष्ट मित्रता भएको थियो । अंगद भन्ने’, उनले भने, ‘त्यो मित्रताका कारणले पनि त्यही घरमा लगेको हो । त्यहाँ लगेको केही समयपछि मैले छोरीको स्वास्थ्यस्थितिको पनि अवलोकन गर्ने र बुझ्ने गएको बेलाको कुरा हो यो ।’

‘यो कुरा न हिजो अस्तिको हो, यो ०६८(०६९ सालको कुरा हो। म जाँदा सरदार प्रितम सिंह र उहाँको परिवार पनि त्यहीँ हुनुुहुन्थ्यो’ उनले भने, त्यसबेलामा उहाँले प्रधानमन्त्री त तपाँई बन्नुपर्छ । मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि तपाईंलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने गरेको छु । मैले उहाँलाई धन्यवाद दिँदै अहिले त्यो स्थिति छैन भनेको थिएँ ।’

प्रतिकृया दिनुहोस