समाजवादी मोर्चाको पहिलो बैठक : नेतृत्व आलोपालोबाट, सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने

Samajbadi morcha baitha 1

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको नेतृत्व ६र६ महिनामा परिवर्तन गर्ने भएका छन् । मोर्चाको मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैठकको अध्यक्षता गर्ने छन् ।

शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६र६ महिनामा पालैसँग गर्ने समझदारी गरेका थिए । ‘सामान्यतया यो मोर्चाको ६र६ महिनामा अध्यक्षता गर्ने । दल ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भने, ‘यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ ।’

यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन । शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ ।

चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् । दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस