संशोधन नभए बजेट पास नगर्ने अडानमा एकीकृत समाजवादी, प्रचण्डलाई जानकारी गराउने

Ekikrit samajbadi

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निर्णय लिएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ । दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निर्णयबारे गठबन्धनमा छलफल पनि गर्ने निर्णय लिएको छ ।

बजेटबारे लिएको निर्णयबारेमा समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनकारी गराउने निर्णयसमेत गरेको छ ।

‘यथास्थितिमा बजेट पास हुँदैन’, समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय भएको छ ।’ बजेट संशोधन गर्नै सकिन्न भन्नु गलत भएको उनले बताए । उपनेता पाण्डे भन्छन्, ‘१३८ जनाभन्दा धेरैले यो–यो सुधार गरेर भोट हाल्छौं भनिसकेपछि सरकार ढल्छ भन्ने भएन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...