राष्ट्रिय स्वतन्त्र पार्टीले मनायो पहिलो स्थापना दिवस, शीर्ष नेताहरु सहभागी

Rasopa sthapana diwash

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । बिहीबार बालाजुस्थित नयाँ केन्द्रीय कार्यालयमा चियापानसहितको कार्यक्रम राखेर रास्वपाले स्थापना दिवस मनाएको हो ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् । बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।

चियापान समारोहमा सहभागी हुने क्रममा प्रधामन्त्री प्रचण्डले रास्वपा कार्यालयमा रहेको घन्टी बजाए । त्यस्तै कार्यक्रममा पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि घन्टी बजाए । नारायणकाजीभन्दा अघि रास्वपा सभापति रवि लामिछाने नै गृहमन्त्री थिए ।

सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरु पनि पुगेका छन् ।

चियापानमा योमरी, जुजु धौ, भटमास, पोलेको मकै जस्ता परिकार पनि राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...