प्रचण्डले भने, ‘त्यो बेला पार्टी एकता गर्ने हतारो गरिएछ, अहिले सुझबुझपूर्णरुपमा मोर्चा बनाउने निर्णयमा पुगेका छौँ’

Prachanda 4

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा देशलाई प्रतिगमनमा फर्काउन खोज्नेहरु विरुद्ध रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै प्रचण्डले यो मोर्चाबाट अग्रगमनको पक्षमा रहेकाहरु डराउनु नपर्ने बताए । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।

तर अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’
‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘बरु यो समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो ।’
उनले विगतमा दलहरूबीच हतारमा एकता गरेर पार्टी घोषणा गर्दा समस्या भएको भन्दै अहिले त्यहीबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए । उनले मोर्चा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने र बिथोल्न खोज्नेहरूका लागि चुनौतीका रुपमा रहेको समेत बताए ।

‘मैले हिजो नेकपा गठनका लागि प्रस्तावकको भूमिका खेलेको थिएँ । जनता र आम कार्यकर्ताको अपार मायाका बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ, झन्डै दुई तिहाईमा पुगेका जनसमर्थनलाई हामीले बचाउन सकेनौँ, म अहिले कसैलाई आरोप लगाउन चाहन्नँ,’ उनले भने, ‘त्यो बेला हामीले पार्टी एकता नै गर्ने हतारो पो गरेछौँ कि रु भन्ने लागिरहेको छ । तर‚ यसपटक त्यस्तो हतारो छैन, हामीले सुझबुझपूर्णरुपमा लामो छलफलपछि मोर्चा बनाउने निर्णयमा पुगेका छौँ ।’

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

उनले विगतमा दलहरूबीच हतारमा एकता गरेर पार्टी घोषणा गर्दा समस्या भएको भन्दै अहिले त्यहीबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए । उनले मोर्चा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने र बिथोल्न खोज्नेहरूका लागि चुनौतीका रुपमा रहेको समेत बताए ।

‘मैले हिजो नेकपा गठनका लागि प्रस्तावकको भूमिका खेलेको थिएँ । जनता र आम कार्यकर्ताको अपार मायाका बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ, झन्डै दुई तिहाईमा पुगेका जनसमर्थनलाई हामीले बचाउन सकेनौँ, म अहिले कसैलाई आरोप लगाउन चाहन्नँ,’ उनले भने, ‘त्यो बेला हामीले पार्टी एकता नै गर्ने हतारो पो गरेछौँ कि रु भन्ने लागिरहेको छ । तर‚ यसपटक त्यस्तो हतारो छैन, हामीले सुझबुझपूर्णरुपमा लामो छलफलपछि मोर्चा बनाउने निर्णयमा पुगेका छौँ ।’

प्रतिकृया दिनुहोस