माधवकुमार नेपाल भन्छन्, ‘हाम्रो यो मोर्चा वेस्वादको, सिद्धान्तहिन र विचारहिन मोर्चा होइन’

Madhav kumar nepal 4

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएका छन् । साथै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि नबनाएको उनको दाबी छ ।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमा अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकतावद्ध हुन मोर्चाबन्दी गरेको बताए । उनले अगाडि भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन र एमालेको मुकाबिला गर्न मोर्चा बनाउन लागेको टिप्पणी गरेका थिए । तर नेता नेपालले त्यसको खण्डन गरे । उनले अगाडि भने, ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाव दिन र कसैलाई तर्साउन चाहेको पनि होइन ।

तर प्रतिगमनको भने मुकाबिला गर्ने उनले बताए । नेपालले आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन नखोजेको बताए ।

आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आवद्ध भएका दलहरु एकअर्कामा बिलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौं ।’ आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए ।

उनले समाजवादी मोर्चा निर्माण भएपछि आफ्नो पार्टीको विलय हुने कसैले गरेको तर्कको खण्डन गरे । ‘कसैले व्याख्या गरेका छन्, अब यो पार्टी अर्को पार्टीमा विलय त हुने होइनरु हाम्रो पार्टीमा पनि केहीलाई त्यस्तो परेछ। कसैले निल्नेवाला छैन, हामी निलिनेवाला पनि छैनौं,’ नेपालले भने । साथै, उनले आफूहरु समाजको परिवर्तनका लागि एकतावद्ध भएर अघि बढ्ने दाबी गरे ।

उनले समाजवादी मोर्चा कुनै स्वादको मोर्चा नभएको पनि बताए । ‘हाम्रो यो मोर्चा स्वादको मोर्चा होइन, सिद्धान्तहिन मोर्चा होइन, विचारहिन मोर्चा होइन,’ नेपालले भने, ‘प्रतिगमनका विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने देशभक्त शक्तिहरुलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ ।’

प्रतिगमन पक्ष र परिवर्तनको विपक्षमा उभिनेहरुको विरुद्धमा आफूहरुको मोर्चा हुने उनले बताए । ‘यसो हेर्दा सजिलै गरी नेताहरु बसेका होलान, सजिलै सहमति गरेका होलान् । त्यस्तो होइन । पापड बेल्नु पर्दो रहेछ। शब्द शब्दमा हामीले छलफल गरेका छौं,’ उनले भने, ‘विषयवस्तुमा हामीले गम्भीर बहस गरेका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...