डा.बाबुराम भट्टराई भन्छन्, मैले हतारमा पार्टी खोलेर गल्ती गरेँ (दस्तावेजसहित)

Baburam vattarai

काठमाडौं । नेकपा माओवादीसँग एकताको प्रक्रियामा रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूले २०७२ सालमा हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको स्वीकार गरेका छन् ।

बुधबारदेखि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले नयाँ संविधान जारी भइसकेपछि पाँच ‘स’लाई मूल वैचारिक/राजनीतिक आधार बनाएर नयाँ शक्ति निर्माणको देशव्यापी अभियान प्रारम्भ भएको र पार्टी घोषणा भएको स्मरण गर्दै त्यसबेला हतारमा पार्टी घोषणा गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

उक्त बैठकमा नेसपा अध्यक्ष डा। बाबुराम भट्टराईले छलफलका लागि राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा भट्टराईले उक्त राजनीतिक प्रस्ताव प्रस्तुत गरेका हुन् । समाजवादीका नेता विश्वदीप पाण्डेका अनुसार भट्टराईले पेश गरेको उक्त राजनीतिक प्रस्तावमा अब बैठकमा विस्तृत छलफल हुनेछ ।

बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा उनले हतारमा पार्टी घोषणा गर्नु, अरूसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु तथा जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता आउनुलाई कमजोरीकारुपमा स्वीकार गरेका छन् ।

भट्टराईले त्यसबेला केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनाधार, व्यक्ति र शक्तिहरूबाट मात्रै वैकल्पिक पार्टी निर्माणको जग निर्माण हुन सक्ने स्मरण गरेका छन् ।

उनले बाटो घुमेको हो कि गन्तव्य फेरिएको हो भन्नेबारे प्रस्ट हुने गरी उत्तर खोज्नुपर्ने औंल्याएका छन् । ‘संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो, र २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ सुरु भयो । त्यसले स्वाधीनता, समावेशीरसमानुपातिकरसहभागितामूलक लोकतन्त्र, सुशासनरसदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५ ‘स’लाई मूल वैचारिक/राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम सुरु गर्‍यो,’ भट्टराईले प्रतिवेदनमा लेखेका छन्, ‘०७३ जेठमा दशरथ रंगशालामा करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गरियो । त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे । अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरु पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो । अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...