कोशीमा तनाव : ४६ जना प्रदर्शनकारी घाइते, ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार

Koshi pradesh aandolan

विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडि प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच भएको झडपमा ४६ जना घाइते भएका छन् । झडपका क्रममा प्रहरीले ३८ राउण्ड हवाइ फायर गरेको छ भने ७४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदेशसभाको दुईतिहाइ भन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखेको थियो । नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।

सी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधर ३१ जना पक्राउ परेका हुन् । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः प्रदेशको नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो । प्रहरीले भिड नियन्त्रण बल प्रयोग गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् । भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा हानेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...