बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच विचाराधीन विधेयकबारे छलफल

Oli prachanda deuba kp sher prachanda

काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरूबीच मंगलबार बिहान झन्डै दुई घण्टा वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त वार्तामा तीन नेताबीच संक्रमणकालीन न्याय, नयाँ बजेट र संवैधानिक आयोगसहितका विषयमा कुरा भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसदमा विचाराधीन विधेयक, प्रधानन्यायाधीश नियुक्तिमा अपनाइने विधि लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

‘भुटानी शरणार्थी प्रकरणबारे कुनै छलफल भएन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने,‘हिजो संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको छ । यस अवस्थामा कतिपय संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा विचाराधीन छ, टीआरसी विधेयक पनि विचाराधीन छ त्यसबारेमा छलफल भएको हो ।’

आचार्यले तीन नेताबीच त्यसबाहेक सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको जानकारी दिए । उनले भुटानी शरणार्थीबारे कानुन अनुसार सरकार अघि बढ्ने भन्दै कसैले हस्तक्षेप गर्ने विषय नभएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...