राष्ट्रिय पत्रकारिता पुरस्कार समावेशी नभएको ४ संगठनको ठहर

Puraskar ktm

काठमाडौं । सरकारले वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ समावेशी नभएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ ।

८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०८० वैशाख २४ गते वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ पुर्वाग्रही भएको भन्दै ४ संगठनले विरोध जनाएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकार संघ, मधेसी पत्रकार समाज र मुस्लिम जर्नलिष्ट क्लबले पुरस्कार समावेशी नहुनु आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसङ्ख्यक समुदायका पत्रकारहरूप्रति पूर्वाग्रही हुनु मात्रै नभई उनीहरूको योगदानलाई सम्मान र कदर गर्न तयार नदेखिएको बताएका छन् ।

फोनिजका अध्यक्ष गजुरधन राई, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका महासचिव लक्ष्मण दर्नाल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र मुस्लिम जर्नलिष्ट क्लबका अध्यक्ष आलम खानले संयुक्त विज्ञप्ती जारी गर्दै नेपालको संविधानले अवलम्बन गरेका समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास गरेको आरोप लगाएका छन् ।

सो विज्ञप्तीमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक पद्धति अवलम्बन गरेको राज्य व्यवस्थामाथि सरकार आफैले प्रहार गरेको उल्लेख गरिएको छ । पत्रकारिताको माध्यमबाट योगदान गर्ने अग्रजहरूको भूमिका र लगानीलाई अनदेखा गर्नु अन्याय र विभेदको निरन्तरता भएको विज्ञप्तिमा बताइएको छ ।

प्रतिकृया दिनुहोस