नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौं हिडेका टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीबाटै गायव !

Topbdr rayamajhi

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताहरुको नाम जोडिन थालेको छ । त्यसमा पनि माओवादीबाट एमाले छिरेका नेताहरु छन् । जसमा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी छन् ।

सो प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि एमाले सचिवसमेत रहेका एमाले सचिव समेत सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार नै भैरहवा विमानस्थलबाट काठमाडौं आउन ठीक्क परेका सांसद रायमाझी छोरा सन्दीप समातिएपछि गृहजिल्लामै रोकिएका थिए ।

उनी बुधबार बेलुकाको उडानबाट उनी काठमाडौं आउने तयारीमा थिए । तर पक्राउ पर्ने संकेत पाएपछि उनले अन्तिम समयमा टिकट क्यान्सिल गरेका थिए । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने गिरोहसँग बाबुछोराको नाम पनि जोडिएको छ । उनका छोरा सन्दीपको नाम मुछिएपछि बुधबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएका थियो ।

सांसद टोपबहादुर भने गृहजिल्ला अर्घाखाँचीमै छन् । बुधबार भैरहवा हुँदै काठमाडौं आउने तयारी गरेका उनले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी आरोप अस्वीकार गरेका थिए । उनले ५ करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुईजना व्यक्तिसँग घुम्न गएकोबाहेक अरु कुनै साइँनो नरहेको दाबी गरेका छन् ।

‘मैले दुईजना मान्छेलाई चिन्थेँ। घुम्न जाने नाममा गएका हौँ । ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ । त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो । चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन ।’

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् । ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ ।

बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...