कार्यवाहक राष्ट्रपति यादवले गरे दुबै संसदको हिउँदे अधिवेशनको अन्त्य

Pratinidhisava baithak

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

उनले स‌ंविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा आज शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ । चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो ।

आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो । केही दिनभित्रै बजेट अधिवेशनका रुपमा संघीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ ।

प्रतिकृया दिनुहोस