एउटै गाडी चढेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

3 neta balkotma

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन् ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास गएका हुन् । एमालेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवा एकै गाडीमा ओली निवास बालकोट पुगेका थिए ।

बिहान ९ बजे प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्दै संसद्‌मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गरेका हुन् ।

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान पनि बालकोटमा बैठक बोलाइएको थियो । तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले आज बालकोटमै गएर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे त्यहीँ छलफल गर्ने कुरा छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...