१५ दिनभित्रै ३ पार्टीको संयुक्त मोर्चा बन्ने, किन बन्दैछ संयुक्त मोर्चा ?

Prachand madhab upendra

काठमाडौं । सत्तारुढ तीन दलले आगामी १५ दिनभित्र संयुक्त मोर्चा बनाउने योजना बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन् । उनीहरु पार्टी एकताको आधार तय गर्न पनि संयुत्तः मोर्चा बनाउने अभियान थालेका हुन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले १५ दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने दाबी गरे । उनले तीन पार्टीले १५ दिनभित्र मोर्चा बनाउने बताए ।

उनले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । उनले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उल्लेख गरे । उनले भने, ‘सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’

यस्तै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले भने पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए । उनले भने, ‘हामीले कार्यदल पनि बनाएका थियौँ। कार्यदलले विभिन्न पार्टीहरुसँग कुरा पनि गरिरहेको छ । केही कुरा मिलेकाहरुसँग त अलि अगाडि एकता पनि भइसकेको छ । अरु केही कुरा नीति, सिद्धान्त, कार्यक्रम मिल्न सक्नेहरुसँग एकता हुँदै जान्छ । अहिले ठ्याक्कै यतिबेला चाहीँ त्यति धेरै प्रगति छैन ।’

प्रतिकृया दिनुहोस