२ दिनमै हलबाट हट्ने भयो ‘बुलाकी’, यस्तो छ कारण

Suraksha panta bulaki

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलाकीलाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ ।

दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको कलाकार तथा निर्माता विराज विष्टले जनाएका छन् । उनका अनुसार आजदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको छ ।

सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ । कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादका रुपमा प्रयोग गरिएको छ ।

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा फिल्म खिचिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति विष्टको प्रस्तुति रहेको सिनेमा शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद छ ।

विष्टले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन् । दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...