आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइँदै, २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेड्ने

Jibro chedne parba

काठमाडौं । भक्तपुरमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइँदै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

स्थानीय २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्दै छन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् ।

थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जारी गरेको जात्रा तालिका अनुसार जिब्रो छेडाउने जात्रा दिउँसो १२ बजे सुरु हुनेछ । भक्तपुरको विस्का जात्रा अन्तर्गतको मध्यपुर थिमीको यो जात्रा सबैभन्दा बढी प्रख्यात छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ। विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।

जिब्रो छेडिसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै शनिबार ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...