एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

Ekikrit samajbadi

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ। न्यौपानेले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे ।

सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस