टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति

Baluwata savamukh maithak

काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण ९टीआरसी० लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो । विषय र प्रक्रियामा पुनः छलफल हुने बताइएको छ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएका छन् । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेता सहभागी थिए । बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने तथा महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि उपस्थित थिए ।

यसअघि शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए । उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान ओलीको छ ।

प्रतिकृया दिनुहोस