३ पार्टीका शीर्ष नेतासँग सभामुखको वार्ता, टिआरसी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न अस्वीकार

3 neta  vet

काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा संसद् संचालनका विषयमा प्रधानमन्त्रीसँगै संसद्को पहिलो दल कांग्रेस र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच छलफल भएको हो । संसद्मा दर्ता गरिएका विधेयक कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सो भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न सत्तापक्षले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेको छ । तर, ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

सभामुखसहित तीन शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते बिहान ९ बजे बैठक बसेर टुंग्याउने सहमति भएको बताए ।

प्रतिकृया दिनुहोस