सेनाले माग्यो डाक्टरदेखि पण्डितसम्म ६२० जना (विज्ञापनसहित)

Nepal armi bilding

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो ।

सेनाले एमबिबिएस डाक्टर ४४ जनाको माग गरेको छ । त्यस्तै लेखा अधिकृत २३ जनाको माग गरिएको छ । यसैगरि कम्प्यूटर इन्जिनियरमा ११ जनाको माग गरिएको छ । सेनाले विभिन्न पदमा गरी ६२० जनाको माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अनलाई दरखास्त फारम भरेर १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...