जापानमा सुन्दरी ब्याण्डसँग सञ्जयको साँगीतिक कार्यक्रम

Japan song progam sanjaya

काठमाडौं । सुन्दरी मिका नामले परिचित जापानी गायिका ताकागी मिकासँग नेपालका सञ्जय महर्जनले सांगीतिक प्रस्तुती दिएकी छन् ।

मिकाले उनको सांगितिक समूह सुन्दरी ब्याण्डसँग ज्ञानमाला सांस्कृतिक संगीत प्रतिष्ठानका प्रशिक्षक तथा वाद्यवादकसमेत रहेका संजय महर्जनले संयुक्त रूपमा सांगितिक प्रस्तुति दिएका छन् ।

नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई विम्बका रुपमा उजागर गर्दै आइरहेकी जापानी गायिका ताकागी मिकाको सांगीीतक समूह सुन्दरी ब्याण्डसँग महर्जनले हिरोसिमाको फुकुयामामा साँगितिक प्रस्तुती दिएका हुन् । तीन जनाको समुह रहेको ब्याण्डमा जापानबाट मिका र जुन रहेका छन् भने नेपालबाट संजय महर्जन छन् ।

मिका नेपाली र नेवारी भाषामा पोख्त छिन्, केही समय अघि नै उनको आवाजमा ‘जिगु थ्व मन’ ‘सिरसाया हेकु’ ‘मित्रताको गित’ लगायत थुप्रै गित नेपाली समुदायमा चर्चित भैसकेका छन् । उनले १७ वर्ष नेपालमा बिताएकी छिन् ।

मार्च १९ मा ताकाहामा शहरको कावारा म्युजियमबाट सुरु भएको सांगितिक यात्रा ओसाकाको क्योटो नेपाली रेस्टुरेन्ट, सिङ्हा गेस्ट हाउस, हिरोसिमाको तेरियामा निसिमित्सु स्टेसन हुँदै फुकुयामा अटोमोबाइल कल्क म्युजियममा विशेष कार्यक्रम गरि समापन भएको छ ।

नेपाली कला संस्कृतिसँग विशेष रूची राख्दै आएकी सुन्दरी मिकाले जापानमै बसेर पनि नेपाली गित संगीतमा आवद्ध छिन् । नेपाली भाकामा जापानी शब्द राखेर गाउने उनको अलग प्रस्तुतिका कारण जापानीहरुले पनि मिकाको प्रस्तुति निकै मनपराइरहेको पाइन्छ ।

कार्यक्रम हेर्न आएका फुकुयामा शहरकी ४५ वर्षीया महिलाले भनिन्, ‘नेपाली सङ्गीत पहिलो पटक सुनेको हो, तर त्यसले मलाई अतितको दिन याद दिलायो र यसले मेरो मन छोयो ।’

त्यसैगरी युसुका उता नाम गरेका फुकुयामाका एक व्यावसायी सन् २००४मा सगरमाथा आरोहण गर्न नेपाल आएकी आफ्नो आमा सगरमाथाको चुचुरो बाट फर्किने क्रममा हराएको दुःखद घटना सुनाउँदै आफ्नो आमाको सम्झनामा नेपाली कार्यक्रम हेर्न आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...