५७ मिनेटको हिरासतपछि फ्लोरिडा उडे ट्रम्प, अर्को सुनुवाइ डिसेम्बरमा

Trump flodia

काठमाडौं । वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ वटा मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा उडेका छन् ।

मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । बिहीबारको एक ग्रान्ड जुरीले ट्रम्पमाथि अभियोग चलाउने निर्णयअनुसार मंगलबार दिउँसो २:२७ मा अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

सुनुवाइको क्रममा अदालत पुगेर ट्रम्पले आत्मसमर्पण गरेका थिए । दिउँसो १:३० बजे प्रहरीसामु आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५७ मिनेट नियन्त्रणमा राखेको थियो। यद्यपि, उनलाई हतकडी भने लगाइएको थिएन ।

ट्रम्पलाई अदालतमा उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो। त्यसपछि उनले अपराध अस्वीकार गर्दै प्रतिवादी अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरेका थिए । ३४ विषयमा उनीविरुद्ध मुद्दा चलाइएको छ ।

५७ मिनेटको गिरफ्तारीपछि उनलाई रिहा पनि गरिएको छ । रिहापछि प्रतिक्रिया दिँदै उनले आरोप अस्वीकार गरे । त्यसपछि उनी गृहराज्य फ्लोरिडा उडेका छन् । अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ ।

अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलेको यो पहिलो हो । आरोप पुष्टि भएमा ट्रम्पलाई ४ वर्षको सजाय हुनसक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...