सानेपामा नेविसंघ सभापति दुजाङ शेर्पाविरुद्ध अनसान जारी

Nebi sangh sanepa ansan

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा शनिबार सुरु रिले अनशन आज पनि जारी छ ।

अनशन आयोजक नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघ सभापति शेर्पाको पद, उनले गरेका सम्पूर्ण चिठी खारेजी र संगठनको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेको छ ।

अनशनमा रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत छन् । स्ववियु निर्वाचनपछि विभिन्न जिल्लामा अध्यक्ष चयन गर्दा नेविसंघभित्र विवाद देखिएको छ । कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक हुँदा विवाद बढेको हो ।

प्रतिकृया दिनुहोस